Learn Anytime Anywhere

विद्यालयहरूको लागि मिदास (MiDas for Schools)


शिक्षण सिकाइलाई प्रभावकारी बनाउन मिदास एजुकेसन प्रा. लि.ले विभिन्न प्रविधिको विकास गरी निजि तथा सामुदायिक विद्यालयहरूको लागि निम्न सेवाहरू ल्याएको छ:
1️⃣ MiDas eLIBRARY
2️⃣ MiDas eCLASS
3️⃣ MiDas Hobby Classes
4️⃣ MiDas Tuition Classes
5️⃣ MiDas School Management Information System

आफ्नो विद्यालयमा यी सेवाहरू लागु गर्न कृपया हामीलाई फोन गर्नुहोस् वा आफ्नो विवरण ईमेल गर्नुहोस्, हामी हजुरलाई सम्पर्क गर्छौं।
Ph: 9851187569, 9765340355
Email: info@midas.com.np


यी सेवाहरूको Demo हेर्न तलको लिन्कमा थिच्नुहोस्।
https://midaseclass.com/demo
हाम्रा सेवाहरू demonstrate गर्न र बिस्तारमा बुझाउन हामी हरेक दिन बिहान ७ बजे देखि बेलुका ८ बजे सम्म zoom मा उपलब्ध छौँ।



1️⃣ कक्षा शिक्षणको लागि MiDas eLIBRARY


MiDas eLIBRARY, निजि तथा सामुदायिक विद्यालयहरूमा शिक्षकले विद्यार्थीहरूलाई बुझाएर पढाउन मद्दत गर्न Nursery तथा ECD देखि कक्षा १० सम्मको पाठ्यक्रममा आधारित डिजिटल शैक्षिक सामग्री सहितको Learning Management System (LMS) हो।

MiDas eLIBRARY मा आंग्रेजी र नेपाली दुबै माध्यममा पाठ्यक्रममा आधारित निम्न प्रकारका डिजिटल शैक्षिक सामग्री छन्।
1️⃣ Video Library
2️⃣ Image Library
3️⃣ PowerPoint Library
4️⃣ Question Answer Library
5️⃣ Exam Question Paper Library

Smart TV, Projector, Smart Board, Computer Lab वा Personal Laptop मा MiDas eLIBRARY प्रयोग गर्न सकिन्छ।
MiDas eLIBRARY प्रयोग गर्न Internet आवश्यक पर्छ।

Nursery तथा ECD देखि कक्षा १० सम्मको MiDas eLIBRARY को वार्षिक शुल्क : Rs. 40, 000.00

👉 MiDas eLIBRARY को बारेमा थप जानकारी पाउन यो भिडियो हेर्नुहोस्।



👉 विद्यालयले MiDas eLIBRARY बाट कसरी फाइदा लिन सकिन्छ, थाहा पाउन यो भिडियो हेर्नुहोस्।



👉 MiDas Video Library का विशेषताहरु र प्रयोग गर्ने तरिका थाहा पाउन यो भिडियो हेर्नुहोस्।



👉 MiDas Image Library का विशेषताहरु र प्रयोग गर्ने तरिका थाहा पाउन यो भिडियो हेर्नुहोस्।



2️⃣ स्व-अध्ययनको लागि MiDas eCLASS


MiDas eCLASS, नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरूले घरमा पाठमा आधारित भिडियो हेर्दै, गेम खेल्दै आफ्नो पाठ बुझेर पढ्न मद्दत गर्न तयार पारिएको Learning Management System (LMS) हो।

विद्यार्थीहरूले Laptop, Tablet वा Smart Phone मा MiDas eCLASS प्रयोग गर्न सक्छन्।
MiDas eCLASS प्रयोग गर्न Internet आवश्यक पर्छ।

शिक्षण सिकाइलाई प्रभावकारी बनाउन विद्यालयमा MiDas eCLASS निम्न तरिकाले प्रयोग गर्न सकिन्छ:
👉 शिक्षकले कक्षामा पढाएको पाठसँग सम्बन्धित भिडियोहरू विद्यार्थीहरूलाई घरमा गएर MiDas eCLASS मा हेर्न लगाउने जसले गर्दा उनीहरूले सो पाठ राम्ररी बुझ्छन्।

👉 शिक्षकले कक्षामा पढाएको पाठसँग सम्बन्धित गेमहरू विद्यार्थीहरूलाई घरमा गएर MiDas eCLASS मा खेल्न लगाउने जसले गर्दा सो पाठ रमाउँदै अभ्यास गर्छन्।

👉 शिक्षकले कुनै पनि पाठ पढाइसकेपछि विद्यार्थीहरूलाई सो पाठसँग सम्बन्धित प्रश्न उत्तर घरमा गएर MiDas eCLASS मा अभ्यास गर्न लगाउने जसले गर्दा विद्यार्थीहरूले पाठ राम्रोसँग बुझ्नुको साथै परीक्षाको लागि राम्रो तयारी गर्न सक्छन्।

👉 MiDas eCLASS मा शिक्षकले Dashboard हेरेर आफ्ना विद्यार्थीले के भिडियो हेरे, कुन गेम खेले, कति प्रश्न उत्तर अभ्यास गरे, गेम खेल्दा कति बिगारे, कुन पाठसँग सम्बन्धित गेम बिगारे आदि थाहा पाउनुहुन्छ। यसको आधारमा शिक्षकहरूले विद्यार्थीहरुलाई मूल्याङ्कन गर्न र Feedback दिन सक्नुहुन्छ।

👉 MiDas eCLASS मा विद्यालय व्यवस्थापनले Dashboard हेरेर सबै शिक्षकहरू र विद्यार्थीहरूको MiDas eCLASS संग सम्बन्धित शैक्षिक गतिविधिहरू थाहा पाउन सक्नुहुन्छ।

💳 वार्षिक शुल्क : Rs. 3,000/-

विद्यालयले आफ्ना विद्यार्थीहरूलाई समूहमा MiDas eCLASS लागु गर्न चहानु हुन्छ भने धेरै नै न्यून शुल्कमा लागु गर्न सकिन्छ।
साथै कुनै एक वा बढी कक्षाहरू छानेर पनि लागु गर्न सकिन्छ।



नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरूको लागि MiDas eCLASS मा निम्न प्रकारका Learning Materials छन् :
✔️ हरेक पाठको Concept सजिलोसँग बुझाउन Animated Video हरू
✔️ कुनै पनि पाठ बुझ्न सजिलो बनाउने Quizzes & Games
✔️ दक्ष शिक्षकहरूले Syllabus मा भएका सबै पाठहरू बुझाएर पढाएका Class Video हरू
✔️ अनुभवी शिक्षकहरूले हरेक पाठबाट परीक्षामा आउन सक्ने प्रश्नहरू, तिनका उत्तरहरू र परीक्षामा उत्तर लेख्ने तरिका व्याख्या गर्दै पाठ बुझाएर पढाएका Exam Preparation Video हरू
✔️ पाठ्हरूको Concept बुझ्न सजिलो बनाउन Internet बाट जम्मा गरिएका Reference Video हरू
✔️ कुनै पनि पाठ पढेपछि सो पाठ बुझियो कि बुझिएन मूल्याङ्कन गर्न Self-Assesment प्रणाली
✔️ हरेक पाठबाट परीक्षामा आउन सक्ने प्रश्नहरू र तिनका उत्तरहरू
✔️ Mock Exam दिन र उत्तर Check गर्न Practice Exam प्रणाली



3️⃣ व्यक्तित्व विकासको लागि MiDas Hobby Classes


विद्यालय र घरमा सधैँ पाठ्यक्रममा आधारित विषयहरू मात्र पढ्नुपर्दा विद्यार्थीहरूमापढाइप्रति वितृष्णा जाग्न सक्छ।
त्यसैले विद्यार्थीहरूको सिकाइलाई मनोरञ्जनात्मक बनाउन र उनीहरूको व्यक्तित्व विकास गर्न मिदासमा हरेक दिन बिहान र बेलुका विशेषज्ञ शिक्षकहरू मार्फत् उनीहरूलाई पढ्न मन लाग्ने निम्न विषयका कक्षाहरू Online सञ्चालन गरिन्छ:
✔️ Art
✔️ Handwriting
✔️ Speed Writing
✔️ बाल रचना (कथा / कविता लेखन्)
✔️ English Phonics & Vocabulary
✔️ Public Speaking
✔️ Yoga

MiDas Hobby Classes सञ्चालन गर्न निम्न प्रकृयाहरू अपनाइन्छ:
👉 हरेक विषय विभिन्न Level मा विभाजन गरिएको हुन्छ।
👉 हरेक Level को २० दिनको पाठ्यक्रम बनाइएको हुन्छ।
👉 विद्यार्थीहरूलाई उनीहरूको चाहाना अनुसारको १ वा २ वटा विषयहरू रोज्न लगाइन्छ। सो विषयहरूमा उनीहरूको क्षमता परिक्षण गरेर Level छुट्याइन्छ।
👉 विद्यार्थीहरूको कक्षा र क्षमता अनुसार फरक फरक समूहमा Class सञ्चालन गरिन्छ।

नियमित रूपमा मिदासमा Motivation Class पनि Online सञ्चालन गरिन्छ।

💳 शुल्क:
20 Classes : Rs. 3000/-

हरेक कक्षाहरू ९० मिनेटका हुन्छन्।

विद्यार्थीहरूले यी कक्षाहरू निम्न तरिकाले लिन पाउँछन्:
➡️ हप्ताको १ दिन
➡️ हप्ताको २ दिन
➡️ बिदाको समयमा मात्र
यी कक्षाहरू शनिबार पनि सञ्चालन गरिन्छ।

👉 विद्यार्थीहरूले घरबाट Laptop, Tablet वा Smart Phone मार्फत MiDas Hobby Classes लिन सक्छन्।
👉 घरबाट कक्षा लिन Internet हुन आवश्यक छ।

विद्यालयले आफ्ना विद्यार्थीहरूलाई समूहमा MiDas Hobby Classes लागु गर्न चहानु हुन्छ भने न्यून शुल्कमा लागु गर्न सकिन्छ।

विद्यालयमा MiDas Hobby Classes निम्न तरिकाले लागु गर्न सकिन्छ:
👉 विद्यालयका सबै विद्यार्थीहरूले आफूलाई मन लागेको विषय छानेर निशुल्क तिन दिन Online कक्षा लिन लगाउनुहोस्।
👉 यदि ती कक्षाहरू विद्यार्थीहरूलाई मन् पर्यो भने विद्यालय मार्फत् शुल्क तिरेर पुरै course लिन पाउँछन्।
👉 Hostel मा बसेका विद्यार्थीहरू, Day Borders विद्यार्थीहरू वा अन्य विद्यार्थीहरूलाई विद्यालयमा जम्मा गरेर पनि यी कक्षाहरू Online लिन लगाउन सकिन्छ।



4️⃣ गाह्रो विषयलाई सजिलो बनाउन MiDas Tuition Classes


कक्षामा भएका सबै विद्यार्थीहरू सबै विषयमा बराबरी जान्ने नहुन सक्छन्। कुनै विद्यार्थीहरूलाई एउटा विषय गाह्रो लाग्न सक्छ त कुनै विद्यार्थीहरूलाई अर्को विषय गाह्रो लाग्न सक्छ।

विद्यार्थीहरूलाई कुनै विषय गाह्रो लाग्नुका बिभ्न्न कारणहरू मध्य केही निम्न छन्:
👉 अघिल्लो कक्षामा सो विषय राम्रोसँग नबुझी पढ्नु
👉 सो विषय पढ्नुको औचित्य थाहा नपाउनु
👉 सो विषयका पाठहरू शिक्षकले बुझाउन नसक्नु
👉 सो विषय पढाउने शिक्षकसँग तालमेल नमिल्नु
👉 सो विषय ध्यान दिएर नपढ्नु र पर्याप्त अभ्यास नगर्नु

विद्यार्थीहरूका यी समस्याहरू समाधान गर्न MiDas Online Tuition मा निम्न प्रकृयाहरू अपनाइन्छ:
✅ अघिल्लो कक्षाहरूको कुन कुन पाठहरू नजानेको कारणले विद्यार्थीलाई सो विषय अहिले गाह्रो लागि रहेको छ, पत्ता लगाइन्छ।
✅ पहिले ती अघिल्ला कक्षाका पाठहरू दोहोर्याएर पढाएर जान्ने बनाइन्छ, अनि मात्र हालको कक्षाका पाठहरू सिकाइन्छ।
✅ सो विषय पढ्नुको औचित्य र दैनिक जीवनमा यसको प्रयोगको बारेमा बुझाइन्छ।
✅ हरेक विषय दुई जना शिक्षकहरूबाट सिकाइन्छ। पहिलो शिक्षकले पाठ बुझाउनुहुन्छ भने दोश्रो शिक्षकले सो पाठसँग सम्बन्धित प्रश्न उत्तरहरू One-to-One अभ्यास गराउनुहुन्छ।
✅ Homework गर्न नजानेमा वा पाठ सम्बन्धित कुनै जिज्ञासा भएमा दोश्रो शिककले One-to-One अन्तर्कृया गर्दै सिकाउनुहुन्छ।
✅ विद्यार्थीहरूलाई Audio-Visual देखाएर, Game खेलाएर अन्तर्कृया गर्दै पाठ बुझाइन्छ।
✅ यदि विद्यार्थी र शिक्षकको तालमेल मिलेन भने विद्यार्थीलाई अर्को शिक्षकको कक्षामा राखिन्छ।
✅ विद्यार्थीहरूको क्षमता अनुसार फरक फरक समूहमा Class सञ्चालन गरिन्छ।
✅ विद्यार्थीहरूलाई स्व-अध्ययन र स्व-मूल्याङ्कन गर्न विभिन्न प्रविधि उपलब्ध गराइन्छ।
✅ विद्यार्थीहरूको शैक्षिक कार्यहरू र उपलब्धिहरू प्रविधि प्रयोग गरेर निगरानी गरिन्छ।
✅ विद्यार्थीहरूको उपलब्धि प्रविधि प्रयोग गरेर नियमित रूपमा अभिभावकहरूलाई सूचित गरिन्छ।
✅ विद्यार्थीको उपलब्धिको बारेमा अभिभावकसंग नियमित छलफल गरिन्छ।
यी सबै कार्यहरू प्रविधि प्रयोग गरेर Online गरिन्छ।

👉 विद्यार्थीहरूले आफ्नै घरबाट Laptop, Tablet वा Smart Phone मार्फत हरेक दिन बेलुक ५ देखि ९ बजे सम्म र बिहान ६:३० देखि ८:३० सम्म Online Tuition पढ्न पाउँछन्।
👉 मिदासमा शिक्षकहरूले आफ्नै घरबाट बिहान र बेलुका Online पढाउन पाउनुहुने हुनाले, देशै भरका उत्कृष्ट शिक्षकहरू मिदासमा Online Tuition पढाउन उप्लब्ध हुनुहुन्छ। उहाँहरूलाई प्रविधि प्रयोग गरेर Audio-Visual देखाउँदै Game खेलाउँदै विद्यार्थीहरूलाई सिकाउन अभ्यस्त गराइएको हुन्छ।

💳 वार्षिक शुल्क : Rs. 10, 000/- per subject

विद्यालयले आफ्ना विद्यार्थीहरूलाई समूहमा MiDas Tuition Classes लागु गर्न चहानु हुन्छ भने न्यून शुल्कमा लागु गर्न सकिन्छ।

विद्यालयमा MiDas Tuition Classes निम्न तरिकाले लागु गर्न सकिन्छ:
👉 आफ्नो विद्यालयमा भएका विभिन्न कक्षाका कमजोर विद्यार्थीहरूलाई घरबाट एक्ला एक्लै वा विद्यालयमा बोलाएर समूहमा MiDas Tuition Class मा सहभागी गराउन सक्नुहुन्छ।
👉 Hostel मा भएका विद्यार्थीहरूलाई समूहमा MiDas Tuition Class मा सहभागी गराउन सक्नुहुन्छ।
👉 Day Borders विद्यार्थीहरूलाई समूहमा MiDas Tuition Class मा सहभागी गराउन सक्नुहुन्छ।



5️⃣ MiDas School Management Information System (MiDas SMIS)


MiDas ले वेब ब्राउजर मार्फत चलाउन मिल्ने School र College को लागि आवश्यक पर्ने व्यवस्थापन सूचना प्रणाली (Management Information System) उपलब्ध गराउँछ।
MiDas School Management Information System प्रयोग गर्न Internet आवश्यक पर्छ।

MiDas School Management Information System मा निम्न सुबिधाहरू उपलब्ध छन्:
✅ Student Profile
✅ Student Billing
✅ Student Evaluation
✅ Reporting / Analysis
✅ Student / Parent / Teacher Login
✅ User Management
✅ Mobile App for Communication
✅ Library Management
✅ Inventory Management
✅ Human Resource Management
✅ Account Management

विद्यालयको आकार र उपलब्ध Faculty अनुसार MiDas SMIS को मुल्य निर्धारण गरिन्छ।




आफ्नो विद्यालयमा मिदास एजुकेसनका यी सेवाहरू लागु गर्न कृपया हामीलाई फोन गर्नुहोस् वा आफ्नो विवरण ईमेल गर्नुहोस्, हामी हजुरलाई सम्पर्क गर्छौं।
Ph: 9851187569
Email: info@midas.com.np